पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरे : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गर्नुभएको छ ।
आज काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका निर्वाह गर्नु भएको टिप्पणी गर्नुभयो । पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलाइ सहयोग गरेको प्रचण्डको भनाइ छ । सातवटा राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने उहाँको धारणा थियो । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पार्नुभएको पनि प्रचण्डले बताउनु भयो ।
अध्यक्ष प्रचण्डले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताउनु भयो । उहाँले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको तर्क गर्नुभयो । प्रचण्डले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संविधान संशोधनले सही आकार लिनसक्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले उत्पीडित वर्ग र समुदायमा चेतना बिस्तार भइरहेको पनि बताउनु भयो ।
क्याटेगोरी : अपराध, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्