कोराेना भाइरस :भारत प्रवासमा रहेका नेपाली र नेपाल सरकारको भूमिका के ?

लोकेन्द्र सेर्पाली\काठमाडाैं – कोरोना भाइरसले एकै चोटि विश्वका १९५ मुलुकलाई आक्रमण गरेको सन्दर्भमा । अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या पाँचलाखभन्दा माथि पुगिसकेको छ भने २१,०००जारभन्दा माथि मृतकको संख्या पुगिसकेको अवस्था छ अहिलेसम्म पछिल्लो तथ्यांकअनुसार यो भाइरसबाट सबैभन्दा बडी मृतकको संख्या इटाली स्पेन चाइना इरान हुन आउछन् भने पुरा पक्षिमा मुलुक यस भाइरसबाट नराम्रोसंग प्रभावित भएका छन् ।
सबैभन्दा ठुलो संख्यामा संक्रमित अमेरिकी नागरिकहरू र चाइनिज र इटलियन नगरीक परेका छन् भने भारतमा भर्खर सुरुवाती चरणमा छ । अहिलेसम्म यस् भाइरस नियन्त्रण हुनुको साटो झन् भयावह तरिकाले विश्वभर फैलिएको स्थिति छ विश्व स्वास्थ्य संगठन W.H.O भनाइअनुसार यो भाइरस मानव जिबनकै सबैभन्दा ठुलो शत्रु भनेको छ ।अहिले विश्व जगतनै कोरना भाइरसबाट कसरी उन्मुक्तिपाउने भनेर गम्भीरतापूर्वक लडिरहेको छन् ।
यस गम्भीर कोरोनाबारे अहिले जताततैबाट गलत सूचना पनि आइरहेका छन् गलत सूचनालाई र सहि सुचनालाइ कसरी व्यवस्थापन गर्ने भन्ने पनि एस् क्षेत्रका निकायहरुलाइ थाहानभएको अबस्था छ । हामी आम नागरिक कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा घरमै बस्नु सबैभन्दा उत्तम उपायहो, हात धुने तरिका जस्ता सूचना प्रभावकारी भए पनि धेरैजसोलाई कुन महत्त्वपूर्ण, कुन अलि कम र कुन गलत हो ।भन्ने छुट्याउन हम्मेहम्मे पर्ने स्थिति छ। यसबाट जरुरी सूचना ओझेलमा पर्ने सम्भावना उत्तिकै छ।
अरू त अरू, जानेबुझेकाले पनि ‘फेक मेसेज’ हरू सेयर गर्ने गरेका छन्। सरकार तथा विकास साझेदार संस्थाले यसमा छिटो समन्वय गरेर एकै खाले सामग्री फरक संस्थाबाट निकाल्नुभन्दा भएकै सामग्री पुनः प्रयोग गर्दा र स्रोतसाधन अन्य महत्त्वपूर्ण विषयमा लगाउनु आवश्यक देखिन्छ। अहिलेको अन्योलमा केही आधिकारिक सूचना चाहियो भने कहाँ सोध्ने बारे अन्यौलता छ यस्तो बेला समाचारहरूले मानिसलाई आतंकित बनाउन पनि भूमिका खेल्दा रहेछन्।
भारत लगायत विश्वभरबाट नेपाल आउन पाउँदैनन् भन्ने सरकारको निर्णयले भारत प्रवासी नेपाली अत्यन्त मर्माहत भएका छन्। यस्तो संवेदनशील विषयमाथि सरकारले फरक ढंगले सम्बोधन गर्नुपर्थ्यो। तपाईंहरु ‘जहाँ हुनुहुन्छ त्यहाँसुरक्षित तरिकाले बस्नुहोस्; हाम्रो दिल्ली स्थिति नेपाली दूतावासहरूसँग निरन्तर वार्ताभइरहेको छ; तपाईंको प्रश्न यो नम्बरमा राख्नुहोस्’ भनेर आश्वासन दिनुपर्थ्यो। तर नेपाल सरकारले त्यस्तो आश्वासन पार्न नसके कै हो?
अहिले पुरा भारत कोरोना संगको लडाइँमा सुरुवाती चरणमा छ उसले बेलैमा कोरनाको लडाइँमा लाँकडाउनको घोषणा गरेको छ, आम नागरिक आफू बसेको ठाउँबाट चार कदम परजाने स्थिति छैन यस्तो स्थितिमा भारतमा रहेका पचासौं लाख नेपाली त्यसको प्रत्येक्ष मारमा परेको स्थिति छ । किनभने एस् कोरना भाइरसलाइ नियन्त्रण गर्नकालागि भारतसरकारले ठुलो कदम चालेको छ भारत सरकारलाई राम्रोसँग थाहा छ यदि समयमै कोरोना भाइरसलाई नियन्त्रण गर्नसकिएन भने भारत विश्व रंगमञ्चमा निकै पछि हुनेछ ।
त्यसै भारले आफ्ना नागरिकलाई कोरना बाट सुरक्षित राख्न ठुलो धन राशिको घोषणा गरेको छ । अहिले भारमा नेपाली नागरिकको अवस्था कुनै कुनै ठाउहरुमा सामान्य नै भएपनि प्राय सबै ठाउहरुमा नेपाली नागरिकहरु नराम्रोसंग प्रभावित भएका छन् भारमा लाँकडाउन भन्दा केही दिन अगाडि नेपाल फर्कने भनेर दक्षिणी भारतबाट हिडेका हजारौं नेपाली नगरिक भारतको राजनीति दिल्लीमा अलपत्र परेको अवस्था छ केहीलाई विभिन्न संगसंस्था र नेपाली दुतावासले समन्वयगरेर उदारकार्य गरेका त्यो काम अत्यन्तै सराहनीय छ । बाकी हजारौंको अलपत्र आफ्ना नागरिकलाई सकुशल उद्वार गर्ने दायित्व नेपाल सरकारको हो ।
अहिलेको राजनीतिक नेतृत्व कार्ताहरुलाई यो स्थानमा पुर्याउन कुनै न कुनै रुपमा भारतका प्रवासी नेपालीको ठुलो योगदान छ, त्यसैले नेपाल सरकाले भारतमा अलपत्र हजारौंको संख्यामा नेपाली नागरिकलाई कुटनैतिक माध्यमबाट उदार र व्यवस्थापन गर्न जरुरी छ । र नेपालका राजनीति पार्टीले अलपत्र नागरिकलाई उदारको लागि नेपाल सरकारलाई दबाब दिन जरुरी छ । बाकी अमेरिका, अस्ट्रेलिया लगायतमा अध्ययनरत विद्यार्थीको संख्या ठूलो छ, जसको अवस्था बुझ्न पनि जरुरी छ।
दूतावास नभएका सहरमा डायस्पोराकोसहयोग लिएर मनोबल बढाउने, आश्वासन दिने, सतर्कता अपनाउने सन्देश प्रवाह गर्दै तिनमा ‘मेरोदेशले मेरो खोजी गरेको छ, पर्बाह गरेको छ’ भन्ने भाव उत्पन्न गरिदिन जरुरी छु। यस विषयमा दूतावासहरूसँग परराष्ट्रमन्त्रीको छलफल भएको जानकारी सामाजिक सञ्जालमार्फत पाइयो। विदेशमा रहेका नेपाली केकस्तो परिस्थितिमा छन्, तीबारे दूतावास–मन्त्रालय नियमित जानकारी आदानप्रदान भई नागरिकको सहि सूचनाको हक सुनिश्चित गर्ने पहल गर्दा सरकार र नागरिकबीचको सम्बन्ध सुदृढ हुनेछ। यस्ता पहलमा प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै लैजाने रणनीति अपनाउनु पनि प्रभावकारी हुन सक्छ।
भारतसँगका विभिन्न सीमानाकाबाट असंख्य नेपाली स्वदेश छिरेका छन्। उनीहरू संक्रमित हुने आशंका त्यतिकै छ। एकातिर उनीहरू पनि नेपाली हुन्, नेपाल फर्कन पाउनुपर्छ, तत्कालै उनीहरूको खाना,बस्न र छानाको व्यवस्था हुनुपर्छ भन्ने तर्क छ भने, अर्कातिर उनीहरूका कारण नेपालमा भएका नागरिक जोखिममा पर्न सक्छन्, उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्छ भन्ने दबाब पनि उत्तिकै आवश्यक छ। तीमध्ये कति नेपालगन्जको क्वारेन्टाइनबाट भागेर घर पुगेको समाचारले धेरैलाई भयभीत बनाएको छ।
लेखक लोकेन्द्र सेर्पाली: प्रगतिशील नेपाली समाजका भारतका महासचिव हुन् ।
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्