Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कोरोनासंगको लडाइँमा सबैजना एकजुट भएर अगाडि बढ्नुपर्छ : प्रकाश जैगडि


प्रकाश जैगडि \गाेवा – विश्व महामारीको रुप विस्तार गरिरहेको कोराेना भाइरस मानव जातिको लागि अत्यन्तै घातक भाइरस बनेकाे छ । यसले एकपटक मानव शरिरमा प्रवेश गर्यो भने मान्छेको बाच्ने सम्भावना एकदमै न्युन हुन्छ । त्यतिमात्र नभए यो एउटा एक मानव बाट अर्को मानवमा प्रवेशहुने हुने घातक भाइरस अहिलेसम्म बैज्ञानिक हरुले यस् भाइरसको अौंषधीको उपचार समेत पत्ता लगाउन सकेका छैनन् ।

तत्काल यस भाइरसको उपचार भनेकै विश्वका राष्ट्रले अवलम्बन गरेको निति लकडाउन नै हो यदि हामी आम नागरिकले यस नितिलाइ फलो गर्दै गयौंभने कोरोणा भाइरस सितको लाडाइमा हाम्रो जित सुनिश्चित छ । हामीले यो नीति नियमकाे पालना गर्न सकेनौं भने हामी यस कोरोना भाइरसकाे लडाइँमा हामी असफल भयौं भने मानव जातिले ठुलो मुल्य चुकाउनु पर्नेछ ।

विश्वभर अहिले याे अवस्थाबाट पनि निकै पछि धकेल्निनेछ त्यसको कल्पना तपाई हामी गर्न सक्दैनौं । हाम्राे देशभित्र र देश बाहिरका आम नागरिकलाई के अपिल छ भने तपाई हामी जाहा छौं त्यहीँ ठाउँमा सुरक्षित तरिकाले बसौं र त्यहाँका सरकारले कोरोनासंगको लाडाइमा लागु गरेका नीति नियमहरु तुरुन्तै पालना गरौं । आज एउटा भाइरसले पुरै विश्वलाई आतंकित पारेको छ चीनको बुहानबाट सुरु भएको कोभिड 19 भाइरस संसारमा 90% देशमा फैलिसकेको छ।

केहि देशले सुरुदेखिनै सतर्कता अपनाएकोले गर्दा त्यी देशहरु कोरोनासंगको लडाइँमा जित हासिल गरेिराखेका छन् । जस्तो दक्षिण कोरिया, जापान, ताइवान लगायत देशहरू आउछन् यी देशले समय मानै कोभिड 19 भाइरको लाडाइमा जित हाँसील गरेका छन् ।

अहिलेको समय भनेको एकअर्कालाई दोस दिने होइन  सरकारसंग मिलेर कोरोनासंको लडाइँमा जित हासिल गर्नुहो । हो अहिलेको अवस्थामा हामीलाई निकै कठिनाइ छ तर यस कठिनाइ भन्दा हामीलाई कोरोना विरुद्धको लडाइँमा जित हासिल गर्नु ठुलो कठिनाइ छ त्यसै हामी आआफ्नो तरिकाले जुनठाउमा बसेका त्यहिठाउमा सुरक्षित बसौं मलाई विस्वास छ विश्वका कुनै पनि सरकारले आम नागरिकलाई भोकै राख्ने छैनन् ।

विषेश त :  भारत बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ विषेश आग्रह छ भारत सरकारले दिने भारतीय नागरिकलाई सुविधा हामी नेपालीलाई पनि केहि राहात मिल्लेछ मैले आज दिल्ली स्थित माहमहिम राजदुत निलाम्बर आचार्यसंग टेलिफोन वार्ता समेत गरेकाे छु ।

आम नागरिकलाई मेरो विषेश सुझाव तपाईंहरु यस कोरोना भाइरसको लडाइमा अग्र पन्थीमा हुनुहुन्छ अहिलेको अवस्थामा तपाईंहरु आफ्नो परिवारसंत सुरक्षित रहनुहोस र समय समयमा शारिरीक व्ययाम नी गर्नुहाेस् ।  विषेश गरि गोवामा बस्ने आम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ विषेश आग्रह यदि गोवामा कुनै समस्या परेमा हाम्रो स्टार तेक्वान्दो कम्पनी तपाईंको साथमा छ भन्ने विश्वास दिलाउंछु  ।

लेखक :प्रकाश जैगडि  अलइन्डिया तेक्वान्दो हेडकोच गोवा भारत


क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्