Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कोरोना भाइरस मानव जातिका लागि ठुलो शत्रु ?


लोकेन्द्र सेर्पाली -विश्व माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड -१९) मानव जातिका लागि ठुलो शत्रु बनेर अगाडि आएको छ आज यस प्राणघातक भाइरसका कारण मानवजाती अस्तित्वमा रहने कि नरहने भन्ने सवाल खडा भएको छ । अहिले सारा दुनियाँ यतिखेर डर त्रास र भयले आक्रान्त बनेको छ । कोरना भाइरसको आतंकले यतिखेर सानो ठुलो धनी गरीब भनेर कसैलाई छुट्याइएको छैन ।

यद्यपि यतिबेला कोरना विरुद्धको मोर्चामा विश्वका चालिसभन्दा बडी राष्ट्रले अग्रसरता देखाएका छन् ती राष्ट्र नै सबैभन्दा बडी प्रभावित पनि छन् ।आ-फ्नो देशका नागरिकको सुरक्षाको लागि लकडाउन गरेका छन् । भने मान्छे मान्छेहरुको सामाजिक दुरी कायम राखेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर डेढ अरब मान्छेहरुले यस् कोरना भाइरसका कारण रोजगारीबाट हात धोएर बसेका छन् भने त्यतिकै मात्रामा उद्योग कलकारखानाहरु बन्द छन् ।

यतिखेर विश्वको अर्थतन्त्र यस् भाइरसका कारण दशकौं वर्ष पछि धकेलिने सम्भावना पनि उत्तिकै रहेको छ । अहिले प्रत्येक्ष रुपमा यसको असर विषेश गरि अर्थतन्त्रमा परिरहेको छ । विश्वले दशकौं वर्ष आर्थिक मन्दी बेहोर्ने सम्भावना पनि त्यतिकै मात्रामा छ । यतिबेला यसको असर हरेक क्षेत्रमा परेको छ ।

आजका मिति सम्म वैज्ञानिकहरुले यस् भाइरसंग लड्न कुनैपनि अौंषधी उपचार प्रयोगमा ल्याइसकेका छैनन् ।
अहिलेनै यस् भाइरसको अौंषधी उपचारका बारेमा केही भन्नसक्ने स्थिति छैन । यस् भाइरसबाट नराम्रो गरि प्रभावित युरोप र अमेरिका परेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकअनुसार अनुसार मृत्यु हुनेको संख्या एक लाख नाघेको छ भने उसको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ७ सय ६३ नाघेको छ भने ३ लाख ६९ हजार १७ संक्रमितहरु निको भैसकेका छन् ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढि मृत्यु हुने देशामा इटाली अग्रपंक्तिमा छ । जहाँ अहिलेसम्म मृतकको संख्या १८ हजार भन्दा माथि पुगेको छ । कोरोनाबाट दोश्रो मृत्यु हुने देशमा  अमेरिकामा परेको छ अहिलेसम्म मृतकको संख्या १७ हजार भन्दा माथि नाघिसकेको छ विश्वशक्ती राष्ट्रको उपाधि पाएको अमेरिकालाई अहिले कोरोनाले भाइरसले नराम्ररी थलापारेको छ । तेस्रो देशमा स्पेन हुन आउछ । जहाँ अहिलेसम्म मृतकको संख्या १५ हजार भन्दा माथि नै छ ।

कोरोनाको चपेटामा दक्षिण एसियाली राष्ट्रहरुमा विषेश गरि भारत अग्रपंक्तिमा परेको छ । जहाँ अहिलेसम्म २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने करिब ६८०० संक्रमित छन् डेढ अरबभन्दा बढी जनसंख्या भएको भारत यस् भाइरसको चपेटामा परेमा त्यसले पूरा विश्वले ठुलो मुल्य चुकाउनु पर्ने छ । विश्वको एकचौंथाइ जनसंख्या दक्षिण एसिया विषेश गरि भारतमा बसोबास गर्छन् ।

भारत लगायतका दक्षिण एसियामा यस् भाइरस सुरुवाती चरणमा छ अझै यो भाइरस बड्ने क्रममै छ । दोश्रो विश्वयुद्धताका दुनियाँ जर्मन साशक हिटलर विरुद्धको लडाइँमा केन्द्रित थियो भने वर्तमान अवस्थामा पुरा दुनियाँ प्रकृतिक बाट निर्मित कोरना भाइरस विरुद्धको लडाइँमा केन्द्रित छ तर सफलता हात पार्न अझै सकिरहेका छैनन् ।

साँच्चिकै भन्नुपर्दा यतिखेर हरेक दृष्टिकोणले पुरा दुनियाँको हालत दोश्रो विश्वयुद्धताका भन्दा कम छैन । दोश्रो विश्वयुद्धताका अहिलेको स्थितिमा पुग्न वर्षअौं लागेको थियो तर अहिले कोरना आतंकले केहि महिनामै पुरा विश्वलाइ विश्वयुद्धताका को स्थितिमा पुर्‍याइदिएको छ । यदि विश्व राष्ट्रहरु समयमै कोरोना भाइरसलाई नियन्त्रण गर्नमा असफल रहेभने मानव जातिको अस्तित्व संकटमा पर्ने निश्चित छ । भोग र रोगले एकैसाथ मानव जातिलाई आक्रमण गर्ने सम्भावना पनि उत्तिकै छ।
लेखक लोकेन्द्र सेर्पाली प्रगतिशील नेपाली समाज भारतका महासचिव हुन् ।


क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्