कोरोना महामारी : विश्वको साझा दुश्मन

गगन सिङ ठकुरी \गोवा- विश्वमा महामारीको रुपमा फैली रहेको कोरना भाईरस अयखष् ज्ञढ आज बिश्वका मानिसहरुको साझा दुश्मन बन्दै गएको छ । चिनको बुहानबाट सुरु भएको यो भाइरलले अहिले विश्वलाई नै आक्रान्त बनाइरहेको छ ।
ईटाली इस्पेन अमेरीका लगायतका देशहरुमा हजारांै ब्यक्तीले ज्यान गुमाई सकेका छन । कोरोना भाईरसले भारत पनि अछुतो रहेको छैन । भारतमा कोरना भाईरस बढदै गएका बेला भारतका दक्षिणी राज्यहरु केरला कर्नाटक गोवा र तामीलनाडु राज्यमा काम गर्न आएका नेपाली अल पत्र परेका छन ।
समाजबादी पाटी निकट प्रगतीशिल नेपाली समाज केन्द्रीय समिती भारतको सकृय पहलमा दक्षिण भारतका राज्यहरु केरला कर्नाटक गोवा पुन्डेचरी र तामीलनाडु राज्यमा रहेका मजदुर नेपालीहरुलाई सहजकता अपनाउन विषेश सुझाव दिएको छ र विभिन्न राज्यमा राहत पनि वितरण गरिएको छ भने यात्राका क्रममा विभिन्न ठाउँमा अलपत्र नेपाली नागरिकलाई उदार गरिएको छ । र थप सयोगको लागि भारतका सबै राज्य समिति सदस्यीयहरुको मोबाई नं मिडिया मार्फत सार्वजनिक गरेको छ ।
र अलपत्र नेपाली नागरिकलाई सयोग गर्न निर्देशन दिएको छ । दक्षिण राज्य केरलामा उद्योग कलकारखाना बन्द भएका छन् त्यसको प्रत्येक्ष असर नेपाली मजदुरहरु परेका छन् नेपाली मजदुरलाइ खान बस्न अप्ठारो भएको अबस्थामा छन् ।
अहिले भारतभर नेपालीको अवस्था अत्यन्तै नाजुक छ यदि नेपाल सरकारले भारत सरकार शीत कुटनैतिक पहल गरेनभने नेपाली मजदुर भोग भोकै मर्न सकन्ने अवस्था आउन सक्छ र दक्षिणी भारतका विभिन्न नेपाली संगठनहरुले अलपत्र नेपाली नागरिकलाई सकुशल उदार गर्न जरुरी छ ।
दक्षिण भारतमा अवस्थित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ यो जानकारी गराउद चाहन्छु यस आपतकालीन समयमा हजुरहरु जहा हुनुहुन्छ त्यहिठाउँमा सुरक्षित तरिकाले रहनु होला माक्स लगाउने साबुनले उन्नईस मिनेटसम्म हात सफा गर्नु होला यस बिपत अबस्थामा जती केरला राज्य लगाएतका राज्यहरुमा बस्नु आमा बुवा दाजु भाई तथा दिदी बहीनीहरुमा यस दुखद घडीमा सबैसंग सहयोगी भावना अप्नाउन अनुरोध गर्दछु।
गगन सिङ ठकुरी दक्षिण भारत प्रगतीशिल नेपाली समाज केरला राज्य इन्चार्ज
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्