Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रवासमा बस्ने लाखौ नेपाली मजदुरको दु:खद दिनचर्या र हाम्रो कर्तव्य


नयांदिल्ली – विश्व मानव जगतलाई काेराेना भाइरसले आफ्नो चपेटामा सिकार गर्दै फैलिएको यो अवस्थामा हामी नेपालीहरुको दक्षिणी बजार तथा नेपाली समुदायको दैनिकी आवश्यकतासंग परिपुरक पुर्ख्यौली सम्बन्ध रहेको छिमेकी मुलुक भारतलाई समेत मानव दुश्मन भाइरसले आफ्नो चपेटामा लिइसकेको छ ।
यहाँका अधिकांश सहरहरूमा रोटी रोजिको सिलसिला रहनु भएका लाखौ नेपाली मजदुरहरुको उपस्थिति रहेको कुनै सहर हुदैन तसर्थ यहाँ रहेका नेपाली मजदुरहरु अहिले कोरोना भाइरससंगको त्रास त छदैछ तर मान्छेको अतिआवस्य कुरा “खाना” को जोहो नगर्न सक्ने अवस्था सिर्जनाहुदा भोकमरी संग जीवन जिउन तथा प्राण बचाउन एक गाँस अन्न र एक थोपा पानीको लागि समेत भगवान संग बिन्तिका दशऔंला जोडेर रोडमा हारगुहार माग्दै बस्नु परेको जस्तो निकै दु:खद र घतलाग्दो मानव अस्तित्व माथिको पर्ने संकटको उदाहरण यहाँको दशाबाट प्रष्ट देख्न सकिन्छ ।

भारतका सहरहरूमा ज्याला मजदुरी गर्दै आएका बिपन्न मजदुर वर्ग कुनै एक कोठामा भोक भोकै कैद त्यो जिउदो प्राण आफू बाच्नको लागि अन्तिम संघर्षको अन्तिम प्रयास गरिरहेको यो समयमा एक्लो ज्यान सम्म भएपनी जोगिन सक्ने कयौ सम्भावनाहरु मनमनै बटुल्दै ज्यान सम्म बचाउन सक्ने ठूलो आशाको खोजिमा रातोदिन आफू बसेको ठाउबाट एक मान्छेले अर्को जिउदो मान्छेलाई हारगुहार लगाउदै विवस दिनचर्या व्यतीत गर्न बाध्य छन् ।

हाम्रो मुलुक जस्तो बिपन्न मुलुक जहाँका केही दुर्गम बस्तीहरुमा अझै सम्म शिक्षा , स्वास्थ्य ,सेचनाको पहुँचबाट निकै टाढा र आर्थिक रुपमा समेत अझै कल्पना सम्म पनि गर्न नसकिने वर्ग समुदायका मानिसहरु रहने गर्दछ्न ।जसलाई अहिलेको आधुनिक टेक्नोलोजीको युगले छोएको हुदैन र त्यो असार समेत परेको हुदैन हो त्यस्तो वर्ग समुदायका मजदुरहरुको काम गर्ने थलो भारत नै हो । जहाँका मजदुरहरुले सामान्य keyboard सम्म भएको फोन चलाउन नसक्ने अवस्था हुन्छ भने सुचना सञ्चारबाट बन्चित ती हजारौं प्रवासी नेपाली नागरिक मजदुरहरुको जिवनमा यो अवस्थामा कहाँ कसरी कुन अवस्थाको दशा भोग्नु परेको होला भन्ने कुराको हामी कलपना समेत गर्न सक्दैनौ ।

कोरोना भाइरसको तिब्र संक्रमण पछि भारत सरकाले लिएको कदम र नेपाली मजदुर वर्गलाई परेको संकटको बाबजुद हामी र हाम्रो संगठनले भारतभरी देशव्यापी रुपमा आफ्ना नागरिकहरु माथी आउन सक्ने स्वास्थ्य , सुरक्षा र बिपत्ति माथी गम्भीर बन्दै भारतका सबै राज्यमा रहेका हाम्रा सामाजिक अभियांता साथीहरू लाई कुनैपनी समय तयार रहन आग्रह गरेसंगै अनेक राज्यमा रहेका अभियांता मित्रहरूको सम्पर्क मोबाइल नम्बर समेत जनहितको लागि सार्बजनिक गरियो र फलस्वरूप हाम्रो संगठनमा आबद्द अनेक राज्यमा सक्रिय सामाजिक अभियांता मित्रहरुले यो मानव बिपत्तिको बेला अलपत्र र आर्थिक कमोर भएका खाना को पनि जोह नभएका नेपाली दाजुभाइ दिदिबहिनीलाई आफुले सक्दो आर्थिक नैतिक र भौतिक सहयोग गरि देशव्यापी उद्दार कर्यमा सक्रिय रहेको छ ।

मान्छे समाजिक प्राणी भएको हुँदा मानिस लाई समाज चाहिन्छ , सहयोग चाहिन्छ , सान्त्वना चाहिन्छ र मायाममता आदि सबै चाहिन्छ । मान्छे मान्छे भित्र एक आपसी भावनात्मक सम्बन्ध कायम भएको हुन्छ त्यसैले मानवताको नाताले समेत भएपनी हामी सम्पूर्ण सचेत नागरिकले यो मानव बिपत्तिको समयमा मान्छे मान्छे भित्रमा परेको यो मुस्किल अवस्थामा एक अर्कोको सेवा सहयोको लागि हरदम तत्परता देखाउनु एक मानव कर्तव्य पनि हो ।
विश्व सनत्रासले रन्थल्लिएको अवस्था नेपाल सरकार आफ्नो जनता प्रती उत्तरदायी बन्न नसक्नु विश्व इतिहासले समेत धिक्कारछ होला , देश दु:खद र जोखिम अवस्था उभिएको बेला झन सरकारले स्वास्थ सामाग्री देखि राहात सामाग्री सम्ममा समेत कमिसन र ब्रमलुट गर्दै आफू र आफ्ना आसेपासेहरुको जोहो गर्नतिर लागीपरेको सरकारको अफ्नो नीति र नियतमाथि समेत आफै अनएकौ प्रश्नको रोस्ट्रममा उभिनु परेको छ ! त्यस्तै भारतमा समेत लाखौ प्रवासी नेपाली जनताले गर्व र गौरव गर्नसक्ने नेपाली जनताको निमित्त सेवा र सुबिधा दिने अभिप्रयले स्थापित नेपाल सरकारको अर्को निकाय नेपाली राजदुतावास समेत निरह बनेको छ , यि सबै कुरामा गैरजिम्मेवार तथा अन्जान बनेको छ झनै भन्नुपर्दा सेवाग्राहीका सेवाको लागि उपलब्ध भनिएका हटलाइ फोन नम्बरहरु पनि यतिबेला आपतकालीन अवस्थामा सेवा मग्ने सेवाग्राहीहरुको लागि आकाशको फल जस्तै बनेको छ ।

नयाँ साल तथा बैशाखी जस्ता नेपाली चाडपर्वका बेला अरु वर्षको झै एसपालि पनि भारतका दक्षिणी सहरहरुबाट आइ घर फर्कने क्रममा कोरोना भाइरसको बढ्दो संक्रमण माथी गम्भीर बन्दै भारत सरकारले लगाएको देश बन्दा बन्दीको घोषणा संगै सबै ठाउको यात्रा को मुख्य केन्द्र रहेको थलो दिल्ली हजारौं नेपाली जनताहरु अलपत्र पर्नुपर्‍यो । दिल्ली प्रासाशन बढ्दो प्रकोपको रोकथा , सुरक्षा र सजगतामा कडाइ भएपछि अलपत्र नेपाली मजदुरहरुको स्थिति दिनैपिच्छे नाजुक बन्दै गयो । भोकमरी संगको संघर्ष हारगुहार दिनचर्या : निम्न आधारभूत उपलब्धता संग जुझिरहनु भएका धेरै नेपाली नागरिकको व्यवस्थापनमा ठुलो संकट आउनु सोभाविक थियो ।

सो अबधिमा केही अलपत्र साथीहरूको दिल्लीमा सक्रिय सबै संघ संस्थाको पहल र सकृयतामा हामी सबैले सकारात्मक भुमिका खेली घर फर्काउन सफल भए संगै हाल तत्काल सम्म उद्दार नभएका उद्दारको आशम रहेका ६०० जना साथीहरूको खाना व्यवस्थापन सम्मगर्न हामी र हाम्रो संगठन प्रतिबद्धरगेकोले ती अलपत्र मित्रहरूको सहयोग गर्न हाम्रो पहल र भारतीय स्थानीय सामाजिक संस्थाको सहकार्यमा बिगत केही दिन देखि हाल सम्म अलपत्र नेपाली नागरिकहरु लाई सेवादिन सफल भएका छौ ।
दिल्लीको तीनवटा ठाउँ गुरुग्राम , छत्तरपुर र पालम एरियाको अल अलग ठाउमा रहेका १०० जना अलपत्र मित्रहरू लाई संख्यात्मक हिसाबले राहत सामाग्री उपलब्ध गराइ सहयोग गरेकाछौ भने नयाँ दिल्ली पहाडगंजमा रहेका प्रदेश नं २ रौतहट , सिराहाका ५०० जति संख्यामा रहेका दिल्लीको स्थानीय
बजारमा ज्याला मजदुरी गरि आफ्नो गुजरा( दिनचर्या ) चलाउने काम गर्दै आउनु भएका नेपाली मुलका मजदुरहरुको कमजोर आर्थिक अवस्थाले गर्दा एक छाक खानाको समेत जोहो गर्न सकिरहेका छैनौ भन्ने हामीलाई गुहार आएपछी उहाँहरु सबैको खाना व्यवस्थापन गर्न गराउन नेपाली दूतावास लाई लिखित जानकारी गराउदै दूतावासको आग्रहमा हाम्रो पहलमा दिल्लीमा रहेको अर्को राजनीतिक संगठन एकता मंच संग सहकार्य गर्दै भारतको स्थानिय दातृ संस्था संगको सहयोगमा बिगत केहिदिन देखि खाना खुवाउदै आएको र हिजो देखि संख्यात्मकरुपमा धेरै भएका साथीहरू लाई चाहिने मात्रामा खाना उपलब्ध गराउन नसक्ने भएपछी ती सबै ५ सय साथीहरू भोकै बस्नु परेको अवस्था निम्तिएको छ ।

कोरोना महामारीको चपेटामा परेको भारतमा महामारी संगै जातिय प्लेकाड पनि यहाँका राजनीतिक दलहरुले खुब खेलिरहेको समाचार हामी दिन प्रतिन सुनिरहेको आमकुरा हो । तसर्थ यी दिल्ली पहाडगंजमा अलपत्र रहेका नेपाली मुलका अधिकांश मुस्लिम समुदायका साथीहरू भएको हुदा हाम्रो मुलुकका नागरिक माथी त्यो काडको रंगिन चाल नखेलियोस भन्ने सबै पक्षलाई हाम्रो चाहाना र अपिल पनि हो ।

धार्मिक सहिष्णुताको नाममा बदनाम भएको भारतमा अलपत्र परेका नेपाली ईस्लामिक समुदायका मजदुर माथी समेत पर्न सक्ने असरको सम्भवित संकेत बढ्दो देखिएको हुदा जात जाती, धर्मको नामा भारतमा देखिएको असामाजिक तत्वबाटका उब्जिएको बिभेदबाट हाम्रो समुदाय सिकार नबनोस भन्नेमा हामै सबै भारतमा रहेका संघ संस्थाको सकारात्मक पहल र भुमिका हुनुपर्छ भन्ने सम्रो पहल हो ।
त्यसैले हामी हाम्रो संगठन एक जनपक्षीय र आफैमा पनि नयाँ प्रगतिशील बिचारले लैस भएको संगठन भएको नाताले मानव मानव माथीमा हुने दमन , विभेद ,अत्याचार लगाएत विभिन्न असामनतालाई समानता पुर्‍याउने अभ्यासमा कृयाशिल छ । त्यसैले हाम्रो पार्टी र नेपाल सरकार र सरकारका भारत स्थित निकायले समेत बेलैमा यो सम्भावित संबेदनसिलता विषयलाई गम्भीरतापूर्वक लिदै नेपाली मजदुरहरुको वास्तविक पिडाहरु बुझ्ने र तिनको निवारक गर्नेखालका कदमहरु अगाडी बढाओस तथा सक्दो सहयोगको लागि तिब्र तत्परता देखाउन आन्तरिक पहल यथासिघ्र गरोस् भन्ने हाम्रो जोरदार अपिल रहन्छ ।

बिरेन्द्र सिंह ठकुरी ( सामाजिक अभियांता ) नयांदिल्ली


क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्