Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कोरोना माहामारीको रोइकराई र नेपालकाे अवस्था


-कमल जाेशी –करिब तीन महिना अघि चीनको वुहान सहरबाट फैलिएको कोराना भाइरस  अहिले विश्वका केही देश बाहेक अन्य सबै देशमा फैलिएको छ।यो माहामारीको सामना गर्न सबै देशले आ-आफ्नो रणनीति अपनाएका छन्। आफ्ना जनतालाई घर भित्र बस्न भनिएको छ। जसले गर्दा अहिलेको अवस्थामा यो बाट बच्ने एउटा मात्र विकल्प हो ।
यसको अहिले औषधी पनि बनेको छैन् त्यसैले विश्व स्वास्थ्य संगठन (WHO),अन्तर्राष्टिय संघ संस्था र विश्वका ठुला देशहरू पनि यसबाट बच्ने उपाय र औषधी पत्ता लगाउनमा लागि परेका छन्। चीनले भने यो भाइरसलाई केही न्यून पार्दै ग‌इरहेको छ।जहाँ यसबाट बच्न दुई महिना भन्दा बढी बन्दाबन्दि गरेको थियो। यसले मानिसको जीवनलाई निकै कष्टपूर्ण र पीडादायी बनाइदिएको छ। कति पीडादायी छ । भन्ने कुरा हामीले संक्रमितहरुको अनुभवबाट पनि सजिलै बुझ्न सक्छौँ। विश्वभरी यो भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा कमी हुनुको सट्टा झन् बढ्दै गइरहेको छ।
मानिसलाई जतिनै दुःख र पीडा भए पनि अन्तिम समयसम्म बाच्ने आशा राख्छन् यसो हुँदा हुँदै पनि लाखौं मानिसले यो माहामरीसँग लड्न नसकेर ज्यान गुमाउन बाध्य भएका छन् । भने धेरै नै मानिस आफ्नो मुत्युको समय पर्खदै अस्पतालमा छपटाउँदै छन् । त कोही आफ्नो आत्मविश्वास लाई बलियो पारेर यसलाई जित्ने प्रत्यन गर्दै छन्। मर्दापर्दा आफ्ना परिवार र आफन्त काम लाग्छन् भन्ने भनाइलाई पनि असफल तुल्याई दिएको छ। आफ्ना परिवार र आफन्तले शोक सम्म बनाउन पाएका छैन्।
काेराेना भाइरसले विषेशगरी आर्थिक,भोकमरी,महिला हिँसा,भेदभाव र रोजगारका समस्या निम्तिने छन्। युद्धग्रस्त , स्वास्थ्य प्रणाली निकै कमजोर र आर्थिक संकट व्यहोरी रहेका देशलाई यस्ता समस्या भोग्नु पर्ने छ। यदि मानिसहरूले धेरै समयसम्म घरभित्रै बस्नुपर्ने बाध्यता आए यस्ता देश भोकमरीको शिकार हुने छन् । र भाइरसले भन्दा धेरै पीडा भोकमरीले दिने छ। मानिसलाई अन्तिम समयमा बाँच्नका लागि खाना आवश्यक पर्ने ढुङ्गेयुग बाट नै बुझ्न सक्छौँ।
 यस्तो अवस्था आए मानिसहरू सरकारले यस्तो विपतलाई न्यूनिकरण वनाएका नियमहरूको बेवास्वाथा गरी खानाको खोजीमा बाहिरतिर निस्कने छन्  । सङ्क्रमण झन् भयावह स्थिति फैलिने छ। यदि यस्तो अवस्था लम्बिदै गए मानिसहरू मानसिक रूपमा तनावग्रस्त भयर आत्महत्या गर्न विवश हुने छन्। साथै वर्षमा हजारौं मानिसहरू अन्य रोगबाट पनि मृत्यु हुने गर्दछन् जस्तै क्यान्सर,टीवी जस्ता रोगीहरू पनि आफ्नो आत्मविश्वास गुमाउने छन् र उनीहरू आफैं मृत्युको बाटो रोज्न बाध्य हुने छन्।
कोही उपचार नपाएर छटपटाई मर्ने छन् । भने कोही औषधिको अभावले ज्यान गुमाउनु पर्ने अवस्था आउने छ। स – साना बालबालिका पोषिलो खानाको अभावमा कुपोषण जस्ता रोगबाट गर्सित हुन सक्छन्।यस्तै अवस्था रहिरहे कयौ बालबालिका अनाथ हुने छन् र बुढाबुढी स्याहार सम्बार पाउने छैनन्। अहिलेको स्थितिमा सम्पूर्ण उद्योगधन्दा र कलकारखाना सबै ठप्प छन्। यसरी उद्योगमा मजदूरी गरेर हामी जस्ता ग्राहकलाई अति आवश्यक सामानहरू उपलब्ध गराउने मजदुर नै अहिले भोकमरी र माहामारीको चपेटामा परेका छन्।
यदि मजदुर वर्ग नै यस्तो अवस्थामा भए सबै कलकारखाना बन्द गर्नु पर्नेछ । त्यसपछि हाम्रो देश जस्तो परनिर्भरता रहेका देशहरुले खाद्यान्नको अभाव सँगै अत्यावशयक सामान को पनि अभाव खेप्नपर्ने हुनेछ।  त्यसपछि महंगी बढ्दै जाने छ र जो सँग आर्थिक स्थिति राम्रो छ उसैले मात्र किनेर खान सक्ने छन्। समाजमा रोक्नै नसकिने गरी माहामारी फैलिए यसबाट सरकारी कर्मचारी र स्वास्थ्य कर्मी पनि अछुतो रहने भन्ने कुरा हुँदैन।जसले गर्दा सरकारको कामकारबाहीमा निकै असहज परिस्थिको सामना सरकारले पनि व्यहोर्नु परे यो कस्तो अवस्था होला भन्ने सकिने छैन्।
विश्वका ठूला आर्थिक वृद्धिदर भएका देशहरू विगतका वर्षहरूमा अपेक्षा गरेको भन्दा अहिले निकै आर्थिक संकट व्यहोरि रहेका छन्। नेपाल जस्ता मुलुकहरू रेमिटेन्स,कर र राजस्व बाट विकासका कामहरू सञ्चालन गर्दै आइरहेको छन्।सरकारलाई आर्थिक रूपमा प्रबल बनाउने भनेकै ठूला व्यवसाय र उद्योगधन्दा नै हुन् तर अहिले सबै ठप्प छन्।उल्टै उनीहरू आफ्ना सरकारसँग राहत घोषणाको माग गरिरहेका छन्। कयौं कम्पनीले आफ्ना कर्मचारीलाई रोजगारबाट निलम्बित पनि गरी दिएको छ। यस्तो अवस्थामा लाखौं मानिसहरूले रोजगारीको समस्या खेप्नु पर्ने छ।
 विश्वका आर्थिक रुपमा सबल देखिएका र विकसित मुलुकमा बेरोजगारका समस्या निम्ति रहेका छन्।अमेरिका जस्तो मुलुकमा पनि बेरोजगारको समस्या हुनेलाई कस्तो अवस्थाको सामना गर्ने छन् । गरीब र युद्धग्रस्त देशहरू भन्ने कल्पना गर्न पनि गाह्रो हुनेछ। यदि यसरी नै महामारी फैलिदै गए धनी देशहरुले गरीब देशहरूलाई दिँदै आएको अनुदान जस्ता कार्यक्रम पनि रोक्ने छन् । र अन्तर्राष्टिय सँग संस्थालाई पनि आर्थिक को समस्या भोग्नु पर्ने छ जसरी अमेरिकाले विश्व स्वास्थ्य संगठन लागि दिँदै आएको अनुदान रोकि दिएको छ।
 विश्व माहामारीसँग लड़ाई गरिरहेका बेला पनि विश्वका दुई ठूला राष्ट्र अमेरिका र चीन एक अर्कालाई माहामारीको भागीदार हुने पर्ने कुरामा दोषारोपण गरिरहेका छन्। अमेरिकाले तथ्यहिन कुरालाई जोड दिएर चीनले यो भाइरस ल्याबमा बनाएको आरोप लगाउँदै आएरहेको छ।
अमेरिकाले यो कुरालाई लिएर विश्व राजनीतिकरण गरेको हो कि भन्ने कुरा पनि चलिरहेको छ। राष्टपति डोनाल्ड ट्रम्प यसलाई चाइनिज भाइरस पनि भन्दै आइरहेका छन् र यो महामारी लाई ठूला युद्ध भन्दा कम नभएको कुरालाई जोड दिँदै आइरहेको छ। तर यो कुरा चीनले बारम्बार अस्वीकार गर्दै यो कुरालाई तथ्यहिन भनिरहेको छ। धेरै अनुसन्धानले पनि यो प्रकृतिक नै हो र ल्याबमा बनेको हैन भनेका छन्।
अहिले अमेरिकामा यो माँहामारीले धेरै मानिसको ज्यान लिसकेको छ।यदि अन्य देशले पनि यस्तो कुरालाई समर्थन गर्छ भने आउँदा दिनहरूमा युद्ध हुन सक्छ। अहिलेको अवस्थामा परमाणु हतियार त उठाउन कठिन होला किनभने यसले कसैले पनि फाइदा गर्दैन भन्ने कुरा विगतका विश्व युद्ध लगायत विभिन्न स साना युद्धले साबित गरिसकेको छ।
मानिसहरूले यो संकट नआओस् भन्ने चाहना राख्दाराख्दै केबल एउटा वा केही व्यक्तिको कारणले आम सर्वसाधारणले कस्तो दुःख व्यहोर्नु पर्ने सक्छ त्यो त समयले नै देखाउनेछ। विश्वका शक्तिशाली देशले आफ्नो कुटनीतिक सम्बन्धलाई सुधारेनन् भने त्यसपछि के होला भन्ने कुरा बढी महतत्वपूर्ण हुनेछ।
लाखौं नेपाली अहिले विदेशमा बस्दै आइरहेका छन् र सबै नेपाल फर्किन चाहिँ रहेका छन्। यो माहमारीमा असुरक्षित महसुस पनि गरिरहेका छन्। यदि सबै घर आए भने नेपालमै रहेका मानिसले रोजगारी पाएका छैनन् भने उनीहरुले कसरी पाउने भन्ने चिन्ता छ। यस बारेमा सरकारले पनि कुनै ठोस निर्णय लिएको छैन्।
फेरि उही कुरा आउँछ, भ्रष्टाचारको थलो र राजनीतिको खेलमा डुबेको देश भन्न मन कसैलाई पनि छैन् होला तर आँखाले जे देख्छ र कानले जे सुन्छ त्यही नै मस्तिष्कले ग्रहण वा अनुभव गर्ने हो। त्यही कुरालाई शब्दमा मात्र उतारेको हो ।तर अबको पिडिले यो कु – विचारलाई फालेर नयाँ विचारको क्रान्ति नै आवश्यक छ साथै हाम्रो हेर्ने नजरमा पनि यस्तै नै हो।
यदि हामीले नभुजेर कुनै भ्रम लिएर बाँची रहेका छौं भने पनि त्यस्ता भ्रमलाई पनि हाम्रो मन मस्तिष्कबाट हटाउनु पर्दछ। जुन कुरा हामीबाट सजिलै सम्भव छ त्यो कुरालाई हामीले कठिन बनायौँ भने यस्ता महामारी हाम्रा लागि कॉल नै साबित हुने छन् र यस्ता महामारी हाम्रो जीवन मा आइ नै राख्ने छन्। आजको एकता र आत्मविश्वास नै भोलिको हाम्रो भविष्य र देशको विकास हो । यस्ता महामारी पहिला पनि भोगेकै हो र आउने दिनमा पनि भोग्ने नै हो मात्र के सिक्यौं र कसरी लड्ने सिक्नु ठूलो कुरा हो।

क्याटेगोरी : विचार

तपाईको कमेन्ट लेख्नुहोस्