Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

शनिवार विदेशबाट फर्केकाहरुमध्ये प्रदेश ५ का १८८ जनालाई बुटवल पठाईयो


काठमाण्डौ
कोरोना भाईरस कोभिड १९ को माहामारीका कारण भएको लकडाउनमा परि विभिन्न मुलुकबाट उद्धार गरि २० गते फकाईएका १०८२ जना नेपाली मध्ये प्रदेश ५ का १८८ जनालाई शनिबार नै बुटवल पठाइएको छ ।

विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउने क्रममा शनिबार मात्र नेपाल फर्किएका १०८२ जना नेपाली नागरिकहरु मध्ये काठमाण्डौबाट प्रदेश ५ का १८८ जनालाई बुटवल पठाईएको हो ।

उर्जा मन्त्री बर्षमान पुन अनन्तको सचिवालयका अनुसार असार २० मा छुट्टाछुट्टै जहाजबाट नेपाल फर्किएकाहरु मध्ये साउदीबाट १५४ जनामा प्रदेश ५ का ३५ जना, साउदीबाट नै अर्को जहाजमा फर्केका १४४ जनामा प्रदेश ५ का २० जना र साउदीबाट नै आएको अर्को जहाजबाट नेपाल फर्केका २४८ जनामध्ये प्रदेश ५ का ५२ जना रहेका छन् ।

त्यस्तै, कुवेतबाट १५६ जनामा प्रदेश ५ का ३३ जना, कुवेतबाट नै अर्को जहाजमा फर्केका १५६ जनामा प्रदेश ५ का २४ जना, साईप्रस, इजराईलबाट फर्केका १२७ जनामा प्रदेश ५ का १४ जना रहेका छन् ।

त्यस्तै गरि मलेसियाबाट फर्केका ९७ जनामा प्रदेश ५ का १० जना गरि जम्मा १०८२ जना नेपाल फर्केका मध्ये प्रदेश ५ का १८८ जनालाई बुटवल पठाइएको सचिवालयका जिवन प्रवेश रोका मगरले जानकारी दिएका छन् ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्