Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा थप २७ जना सहित, थपिए २९३ कोरोना संक्रमित


काठमाण्डौ , 

आइतबार मात्रै काठमाण्डौ उपत्यकामा थप २७ जना सहित २९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जनामध्ये २१ जना काठमाडौँ उपत्यकाकै बासिन्दा रहेका छन् । यसअघि काठमाण्डौको ढलमा समेत कोरोना संक्रमण भेटिए पछि काठमाडौंमा संक्रमणको जोखिम बढेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ सहित देशैभर थप २ सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ८४ पुगेको र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

अहिले आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ३ जना छन् । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
संक्रमितहरु मध्ये ६ हजार ५ सय ४७ जना निको भएर घर फर्केका छन् ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्