शनिबार देशैभर हल्कादेखि मध्यम बर्षा हुने, एकदुई ठाउँमा भने भारी बर्षाको सम्भावना

काठमाडौं
शनिवार देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।
शनिबारको मौसम पूर्वानुमान जारी गदै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।
शनिबार रातिको मौसम समेत देशैभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
पछिल्लो केहि दिन भारी बर्षाका कारण बाढि पहिरो जाँदा देशको विभिन्न ठाउँमा ठुलो धनजनको क्षति भएको छ । बाढि पहिरो र डुवान क्षेत्रको जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन केहि दिन अगाडि नै सुचना जारि गरेको थियो ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्