Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

तनँहुमा पहिरोमा परि ११ जना वेपत्ता, उद्धारकार्य जारी


तनहुँ

केहि दिन यता परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढि पहिरोको कारण ठुलो जनधनको क्षति भएको छ । यसैबिच तनँहुको विभिन्न ठाउँमा पहिरो जाँदा ११ जना पुरिएर बेपत्ता भएका छन् ।

पहिरोमा परिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै एक बृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

त्यस्तै म्याग्दे गाउँपालिका–१ का एक सहित ११ जना बेपत्ता भएका छन् । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया आमा घर भत्किदा पुरिएको तिमिल्सिनाले बताएका छन् ।

प्रभावित क्षेत्रमा स्थानिय र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

फोटो : याम सारु मगर


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्