पछिल्लो २४ घण्टामा थपिए ५७ नयाँ कोरोना संक्रमित, १०३ जना डिस्चार्ज

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५७ जना मात्र कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् ।
त्यस्तै १०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म देशभरका क्वारेनटाइनमा २३ हजार २ सय ७५ जना रहेका छन् भने ५ हजार ८ सय २५ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ । जसमध्ये ४० जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्