Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

पर्वतको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु


पर्वत

पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ ।

पैयुँ गाउँपालिका–६ का ५२ बर्षीय पुरुषको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुर्याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोष्टको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएकोमा उनको बसाइ आइतबार सकिँदै थियो ।

उनी उच्च रक्तचापको बिरामी भएको पाइएको छ । नियमित औषधि सेवन समेत नगरेको देखिएका कारण उच्च रक्तचापले गर्दा हृदयघात भएको हुन सक्ने गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरले बताएका छन् ।

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको र रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गरिने बताइएको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्