नेयमारको नायकत्वमा पीएसजी सेमिफाईनलमा

एजेन्सी
पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिली स्टार नेयमार प्रेरित पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ । युरोपेली क्लब फुटबलमा राज गर्ने उद्धेश्य सहित पीएसजीले नेमयारलाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको थियो ।
जसको प्रभाव बुधबारको खेलमा देखियो । उनले खेलमा दुई सुन्दर अवसर गुमाएका थिए । तर पीएसजीले गरेका दुवै गोलमा उनको योगदान थियो । पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ ।
यसैविच (पीएसजी)का फरवार्ड नेयमारले म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका छन् । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा ईटालियन क्लब एटलान्टाबिरुद्ध उत्कृष्ट प्रर्दशन गरेका नेयमार म्यान अफ दी म्याच चुनिएका हुन् ।
क्याटेगोरी : अन्य, खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्