Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थपिए ८८५ संक्रमित, उपत्यकामा आज सम्मकै धेरै, थप ११ जनाको मृत्यु


काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ८८५ जनामा नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।

५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला ७ रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ महिला र ९ पुरुष सहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेका छन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा २ जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कुल कोरोना संक्रमितको ० दशमलव ५ प्रतिशतको मृत्यु भएको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्