Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थपिए १ हजार ६९ संक्रमित, काठमाण्डौ उपत्यकामा संक्रमित बढ्दो


काठमाण्डौ

पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिएका छन् ।

तेको २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये काठमाडौं उपत्यकामा मात्रै थप ४८१ जना रहेका छन् । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यो संख्या सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्