Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

थपिए १३ सय ५९ कोरोना संक्रमित, काठमाण्डौ उपत्यकामा संक्रमित बढ्दो


काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् ।

जसमध्ये, काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुुक्रबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्