Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

राष्ट्रिय विज्ञान दिवसलाई भर्चुअल मार्फत नै मनाउने सिसानको तयारी


काठमाण्डौ
रसायनशास्त्र विद्यार्थी संगठन नेपाल, सिसानले असोज १ गतेको ‘राष्ट्रिय विज्ञान दिवस’ लाई भर्चुअल रुपमै मनाउने तयारी गरेको छ ।

संस्थाले ‘कोभिड १९ र विज्ञानः समस्या, चुनौती र अवसर’ शिर्षकमा देशव्यापी निबन्ध लेखन प्रतियोगिता २०७७’ आयोजना गरेको छ । असोज १ गते बिहान एक कार्यक्रमका बीच प्रतियोगिताको नतिजा प्रकाशन गर्ने तयारी रहेको संस्थाका अध्यक्ष याम रोका मगरले जानकारी दिए । सोही दिन संस्थाका ५ जना सदस्यहरुले समसामयिक विषयमा ५र५ मिनेटको प्रस्तुति दिने तथा रसायनशास्त्रमा योगदान गर्ने देशभरबाटका ५ जना वैज्ञानिकहरुको संक्षिप्त जीवनी प्रस्तुत गर्ने तयारी पनि रहेको अध्यक्ष मगरले थपे ।

यसैबीच संस्थाले ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १९ औं ऋङ्खला गत शनिबार सम्पन्न गरेको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १४० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरका उप प्राध्यापक डा. अजय भट्टराईले ‘How to generate the research fund from national and international level’ विषयमा बोलेका थिए । दोस्रो खण्डको अन्तरक्रियामा मा विषयवस्तु तथा वक्ताको अनुसन्धान अनुभव सम्बन्धित उठेका करिब आधा दर्जन प्रश्नहरुको जवाफ डा. भट्टराईले दिएका थिए ।

कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारी, प्रकाश चन्द्र लामा, प्रा.डा. एम. एल शर्मा, प्राध्यापक डा. डि.एन. लाव, डा. राजेश पण्डित,डा.सुरेन्द्र गौतम,डा. देवल प्रसाद भट्टराई, डा.टिस्टा प्रसाई जोशी, डा. तुलसी प्रसाद निरौला, डा.बसन्त गिरी, प्रमोद यादव, अरुण कुमार श्रेष्ठ, सचिन्द्र सिंह, नवीन बस्नेत लगायत देशभरका विभिन्न क्याम्पस र कलेजहरुमा अध्यापनरत प्राध्यापकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, विकास निरौला, आकाश घिमीरे ,सौरभ कटुवाल र सिजन गौतम प्राविधिक क्षेत्रमा रहेका थिए । संस्थाका सदस्य विकास निरौलाले वक्ताको छोटो परिचय प्रस्तुत गरेको कार्यक्रममा सदस्य मिना भाटले रिपोर्ट प्रस्तुत गरेकी थिइन् । राजेन्द्र जोशी र विश्वास गुरागाईले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र सदस्य सुनिल बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : अन्य, प्रविधि, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्