Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपा स्थायी समिति बैठक सम्पन्न : ओली सरकारमा र प्रचण्ड पार्टीमा केन्द्रित हुने


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने जस्ता विभिन्न निर्णयहरु गरि सम्पन्न भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।

बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राख पछि प्रचण्डले प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।

नेकपाका प्रवक्ता श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ ।

पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् ।


क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्