विपद् माथि विपद् , सिन्धुपाल्चोकमा फेरि पहिरो १८ घर पुरिए, २३ जना वेपत्ता

काठमाडौं ।
सिन्धुपाल्चोकमा फेरि अर्को विपत आईलागेको छ । गएराति परेको भारी बर्षा पछि पहिरो जाँदा १८ घर पुरिदाँ १६ जना बेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जना बेपत्ता घर पुरिएको प्रदेश–३ प्रहरी कार्यालयले जनाएको छ ।
राति करिब २–३ बजे तिर पहिरो गएको स्थानीयले जानकारी दिएका छन् । हालसम्म १ जनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ ।
घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको प्रहरीले बताएको र यकिन विवरण आउन बाँकी छ ।
बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ ३ जनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र ३ जना घाइते भएका छन्
पहिरो प्रभावितलाई भेट्न सोही क्षेत्रका संघीय सांसद समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।
यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्