Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

संक्रमितको संख्या ५५ हजार नाघ्यो, थपिए ११७० जना नयाँ कोरोना संक्रमित


काठमाण्डौ
पछिल्लो २४ घण्टामा १ हजार १७० जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुुसार देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । उनीहरुसँगै २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्