Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

आजदेखि लामो दुरीका यातायात सञ्चालनमा, जनस्वास्थ्य विज्ञहरु भन्छन् : उच्च सर्तकता अपनाऊँ


काठमाडौँ –

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि खुल्ने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टे«ड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन समेत अनुमति दिइसकेको छ ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

उता, सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण भने बढ्ने उच्च खतरा सिर्जना भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने र नजिकिँदो दशैं लगायतका चाडपर्व साथै उद्योगी व्यवसायी सवैको दबाबमा परेर सरकारले यो निर्णय लिएको हुन सक्ने विश्लेषण गदै जनस्वास्थ्य विज्ञहरुले अव आफै जनताहरुले उच्च सर्तकता अपनाउनुको विकल्प नरहेको बताएका छन् ।

अब वास्तविक सामाजिक भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने र हात साबुनपानीले धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता कुरामा उच्च सजकता अपनाउनु पर्ने बताएका छन् ।

फाइल फोटो


क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्