Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

जनकपुर आईपुग्यो रेल, आजै नेपाललाई हस्तान्तरण हुने


जनकपुर
नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालन गर्ने रेल आज जनकपुर आईपुगेको छ ।

लामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल जनकपुर आइपुगेको हो । नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ ।

जनकपुर आइपुगेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन नेपालको झण्डाको कलरमा आकर्षक ढंगले गरिएको छ । बोगीको भित्री डिजाइन आकर्षक रहेको छ ।

एक अर्ब लागतमा नेपाल आउँदै गरेको रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । जसको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडमार्फत भएको हो ।

रेल जनकपुर आएसँगै आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्