Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आईपीएलमा किंग्स इलाभेन पञ्जाब द्धारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजित : केएल राहुलको शानदार प्रदर्शनी


काठमाडौं ।

आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । दुबईमा आयोजित खेलमा किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्न निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पन्जाबको उत्कृष्ट कप्तानी खेलमा केएल राहुलले शानदार प्रदर्शनी गरेका थिए । उनले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले ७ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

२०६ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंगलोर भने १७ ओभरमा १०९ रनमा मात्रै समेटियो । खराब सुरुवात गरेको बैंगलोरको पहिलो ओभरमै देवदत्त १ रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए । भने कप्तान विराट कोहलीे ५ बलमा केबल १ रन बनाएर तेश्रो विकेटको रुपमा आउट भए ।
बैंगलोरको अन्य खेलाडिहरु पनि सामान्य रनमा एकपछि अर्को विकेटको रुपमा आउट हुदैँ जाँदा बैंगलोर १०९ रनमा मात्रै समेटिन पुगेको हो ।


क्याटेगोरी : अन्य, खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्