Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन सरकारले अध्यादेश ल्याउने


काठमाडौं ।

एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए । एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको बुझिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए ।


क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्