Techie IT
  • ५ जेठ २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो


काठमाडौं
पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् । यस्तै मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५/२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४/१४ जना, सिराहा र प्युठानका १३/१३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९र९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६/६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४/४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३/३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्