Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए १ हजार ५७३ कोरोना संक्रमित, उपत्यकामा मात्र ८०९ जना


काठमाण्डौ

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५७३ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।
हाल देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमित पुष्टि हुनेको  कुल संख्या  ७३ हजार ३९४ पुगेको छ ।

त्यस्तै, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्