पछिल्लो २४ घण्टामा थपिए १५ सय ५९ जना कोरोना संक्रमित, १ हजार ५७ जना डिस्चार्ज

काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५९ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । हालसम्म देशैभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्