Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टाको संक्रमण आजसम्मकै सर्वाधिक, २७२२ संक्रमित, काठमाण्डौ उपत्यकामा मात्रै १६३८ जना


काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा आज सम्मकै सर्वाधिक संख्या २ हजार ७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।

जसमध्ये काठमाण्डौ उपत्यकाका मात्रै १६३८ जना छन् । काठमाडौमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज १४ हजार ७३९ जनाको पीसीआर भएको छ । भने देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।

साथै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्