पछिल्लो २४ घण्टामा थप २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ११ सय ७७ जना

काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १२० जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमिण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
थपिएका संक्रमित मध्ये काठमाण्डौ उपत्यकाका मात्रै ११७७ जना रहेका छन् जसमध्ये काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेको गौतमले बताए ।
हाल, देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्