Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए २२ सय ५३ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १५६० जना


काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर नोभेल कोरोना भाइरसका थप २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गर्दा देशभर २ हजार २५३ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित मध्ये उपत्याकामा मात्रै १५ सय ६० जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३७३ , ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका छन् ।
यो सँगै हाल देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३२९ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

आजसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्