पुरानै राज्यसत्ता र संरचनाको झल्को, लुम्बिनी नै राख्नु देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल : नेपाल आदिबासी जनजाति महासंघ

काठमाडौं ।
प्रदेश ५ को नाम लुम्बिनी राखेकामा नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी पुरातन चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले मंगलबार नै विज्ञत्ति निकाली आपत्ति जनाएको हो ।
प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ । यो निर्णय २०६२र६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमतिरसम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गर्दै विरोध जनाएको हो ।
सरकारको यस खालको कदमले विषेश गरि नेपालका उड्पिडित आदिबासी जनजाति समुदायहरुको भावना र मर्म साथै आत्मसम्मानमा गम्भिर चोट पुर्याएर चालेको प्रतिगामी कदम भएकोले सरकारले परिकल्पना गरेको समृद्ध र सुखी साथै स्थायी शान्ती पुरा नहुने र देशमा पुन द्धन्द्ध सिर्जना हुन सक्ने भन्दै सरकारलाई अवगत समेत गराएको छ ।
महासंघले प्रदेश ५ लगायत सबै प्रदेशको नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी सम्वोधन गर्ने अभियान र आन्दोलन जारी रहेको पनि बताएको छ ।
‘‘प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक थातथलोलाई आधार मान्दै ’मगरात–थरुहट’ राख्नुपर्नेमा पुरानै राज्यसत्ता र संरचनाको झल्को दिने गरी लुम्बिनी’ नै राख्नु भनेको देश र जनताका लागि गम्भीर साथै ऐतिहासिक भूल गर्ने क्रम नरोक्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै आफ्नो आदिबासी जनजाति तथा उड्पिडितहरुको पहिचान र अधिकार पुरा नहुञ्जेल सम्म आफुहरुको आन्दोलन निरन्तर जारी रहने समेत जनाएको छ ।
यसैबिच, मगराँत प्रदेशको माग राख्दै मगराँत संघर्ष समिति, नेपाल मगर संघ लगायतका विभिन्न संघ संस्थाहरुले समेत प्रदेश संसद भवन अगाडि घर्ना दिएका थिए ।
क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्