Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

पछिल्लो २४ घण्टामा ५ हजार ८ जना संक्रमित थपिए, १ हजार २२९ जना संक्रमणमुक्त


काठमाडौं ।

पछिल्लो २४ घण्टामा आज सम्मको एकैदिन थपिएका संक्रमित मध्ये सवैभन्दा धेरै संख्या ५००८ जनामा कोरोना भाइरस ९कोभिड१९० को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या ५००८ सहित कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् ।

संक्रमित मध्ये ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्