काठमाडौंमा मात्रै २ हजार १०० सहित उपत्यकामा २ हजार ६७२ कोरोना संक्रमित थपिए

काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौमा मात्रै २ हजार १०० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरि
काठमाडौं उपत्यकामा २६७२ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै अस्पतालहरु बिरामीको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छन् । सामान्य बिरामी र कोरोना संक्रमितहरुलाई एउटै अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता र कोरोना बिरामीको लागि छुट्याइएको बेड तथा आइसियूहरु खाली नभपछि अस्पतालहरु व्यवस्थापनमा कमजोर हुन थालेका हुन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्