Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए २ हजार ७१ कोरोना संक्रमित


काठमाडौं 

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७१ जनामा नोभेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका हुन् ।

यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।यो सँगै हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्