काठमाडौं उपत्यकामा मात्रै थपिए १४ सय १६ कोरोना संक्रमित

काठमाण्डौ
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर थपिएका २ हजार ७१ जना मध्ये काठमाण्डौमा मात्रै आधा भन्दा धेरै संख्यामा संक्रमित थपिएका हुन् । उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा १ हजार १४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० कोरोना संक्रमित थपिएका हुन् ।
थपिएका मध्ये काठमाडौंमा ४०८ महिला र ७३७ पुरुष, ललितपुरमा ७१ महिला र ९० पुरुष र भक्तपुरमा ५० महिला र ६० पुरुष रहेका छन् ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्