Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

बुधबार सामान्य बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं ।

बुधबार मौसममा सामान्य बदली भई पहाडी क्षेत्रका केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको विभागले जनाएको छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।भने देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै बुधबार राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका का एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्