Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

बोस्क दशै फोटो प्रतियोगिता २०७७ सम्पन्न


काठमाण्डौ

बोस्क इन्टरप्राइजेजद्वारा आयोजित दशै फोटो प्रतियागिता २०७७ सम्पन्न भएको छ ।

कोभिड १९ कोरोना भाइरसको कारण सदाको बर्षजस्तो सामान्य अवस्था नभएकाले दशैं केहि प्रभावित बनेपनि दशैलाई धुमधाम सँग नै मनाएर विदाई गरिएको छ ।
यसै बडा दशैको अवसर पारेर बोस्क इन्टरप्राइजेजले दशै फोटो प्रतियोगिता सम्पन्न गरेको हो । कोभिड १९ को बिषम परिस्थितिलाई मध्यनजर गर्दै यस बर्षको सुरक्षित र सुसंस्कृत दशैमा आधारित भई फोटो प्रतियोगितामा यस बर्षको दशैं मनाउँदाको फोटो सहित विभिन्न जिल्लाबाट ४१ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा सुजिना गौतम प्रथम बनेकी छिन् उनले विभिन्न तिहार गिफ्ट ह्याप्पर तथा तिहार झिलिमिली प्रोडक्टमा ५० प्रतिशत छुट सहितको विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् । साथै, सरला सुनवार दोश्रो, यशोदा खड्का तेश्रो, आदित्य जोशी चौथो र रिदिमा श्रेष्ठले पाँचौँ स्थान हासिल गर्दै तिहार झिलिमिली प्रोडक्टमा २० देखी ४० प्रतिशत छुट सहितको विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुलाई आयोजक बोस्क इन्टरप्राइजेजले तिहार झिलिमिली प्रोडक्टमा १० प्रतिशत छुट समेत प्रदान गरेको छ ।

प्रतियोगितामा न्यु पिस मोबाइल जोन मर्मत, बिक्री तथा तालिम केन्द, कोटेश्वर र सिटी एक्स्प्रेस कुरिअर सेवा प्रा. लि. सुन्धाराको सहयोग रहेको थियो ।


क्याटेगोरी : अन्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्