फिप्नाद्वारा नेपालमा २६ लाख रूपैया बराबरको राहत वितरण/ पत्रकार सम्मेलन गरी आयव्याय सार्वजनिक

न्यूयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले गत जुलाई ५,२०२० देखी २९,अगष्ट २०२० सम्म करिव दुई महिना नेपालको विभिन्न ठाउँमा $ 22,052.11 डलर बराबरको खाद्यान्न राहत वितरण गरेको छ ।
कोरोना महामारीका कारण वेरोजगार बनेका मजदुरहरू, सिमान्तकृत , दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस भन्ने हेतुले खाद्यान्न राहत वितरण गरिएको हो ।
२३८ जना अमेरीका स्थित नेपाली समुदायका मनकारी महानुभावहरूले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका थिए । समुदायद्वारा संकलित रकमलाई वितरणको पारदर्शिता देखाउने उद्देश्यले नोभेम्बर ८, २०२० का दिन फिप्नाले पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत विबरण सहित आयव्याय सार्वजनिक गरेको छ । भर्चुवल रूपमा पत्रकार सम्मेलन गरी सहयोगी मनकारी महानुभावहरू, संघ संस्थाहरू, स्वयंसेवकहरू साथै आयोजक व्यवस्थापक संस्थाहरूलाई फिप्नाद्वारा जारी विज्ञप्ति मार्फत धन्यबाद व्यक्त गरिएको छ ।
फिप्नाले उपत्यकामा प्रत्येक दिन तिन सय जना साथै छैठौ र सातौ दिन पाँच सयलाई लगातार सात दिन सम्म खाना वितरण गरेको थियो । साथै सोलु वाल कल्याण, साँखुमा रहेको अपांग परिवार, साथै सिद्विसेवा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरिएको थियो । त्यस्तै दैलेखको राउटे ५३ परिवार, सिरहाको मुसहर ६० परिवार , धनकुटाको मजदुरहरू ६० परिवार, मकवानपुरको चेपाङ ६० परिवार, सुनसरीको कोशिटप्पुमा रहेको ४० परिवार गरिब तथा मजदुरहरू, धरानको ४० परिवार सुकुम्बासी तथा मजदुरहरू, मकवानपुरकै राक्सिराङ -५ का १५१ परिवार, साथै दाङको तुलसीपुर लमही क्षेत्रका ६० परिवारलाई राहत वितरण गरिएको छ । प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन साथै राउटे परिवारलाई र उपत्यकाका बिस परिवारलाई टेन्ड समेत वितरण गरिएको छ ।
रोजगारी गुमाएका मजदुरहरू, अनाथ, असाहाय, बृद्व बृद्वाहरू, साथै सुकुम्बासी बस्ती, सिमान्तकृत समुदाय तथा सिल्पीर दलित समुदायहरूमा देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न प्रत्यक्ष सहकार्य गरीएको संस्थाहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), PA NEPAL (Prisoner’s Assistance Nepal), दलित जागरण केन्द्र नेपाल गोलबजार , सिरहा, होटल चप्लेटीका संचालक तथा समाजसेवी भोलामणी हर्तम्छाली राई, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रर्वद्वन समिती, Naya online TV, Rhythm online TV, Sansarnews.com, रामेछाप काठमाण्डौ पत्रकार समाज, ग्रामीण क्लब हाउस नेपाल, राक्सिराङ गाउँपालिका, नेपाल चेपाङ संघ बाग्मती प्रदेश समिती, नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समिती, नेपाल आदिवासी जनजाति महासंघ गुराँस गाउँपालिका समन्वय समिती, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा समन्वय समिती, लोकेश्वर मिडिया सर्भिस, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद दाङ, सिन्धु वेलफेयर सोसाइटी अमेरीका, बाग्लुङ सेवा समाज अमेरीका साथै वितरण गरिएको ठाउको स्थानिय निकायहरू रहेका छन् ।
फिप्नाले खास गरेर समानता, स्वतंत्रतता, मानवाधिकार, आदिवासी अधिकार, सांस्कृतिक, भाषिक, लैंगिक तथा समानुपातिक समावेसीकरण र पहिचानको सवालमा विभिन्न सन्दर्भमा बहस तथा जागरणका कार्यक्रमहरू गर्दै आईरहेको छ । साथै प्राकृतिक विपत्ति, महामारी, संकट जस्ता मानविय सेवा गर्नुपर्ने समयमा फिप्ना सधै अग्रपंतीमा रहेर काम गर्ने गर्दछ । फिप्नाले गत मार्च देखी जुलाई महिना सम्म अमेरीकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघ संस्थाहरूलाई वितरण गरेको थियो । फिप्नाको कार्यलयबाट प्रत्यक्षरूपमा एघार हजार माक्स, सत्र हजार ग्लव्स, छब्बीसहजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर पन्ध्रसय भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको थियो ।
पत्रकार सम्मेलनमा फिप्नाका अध्यक्ष लोक चेम्जोङले सम्पूर्ण दाताहरू, आयोजना व्यवस्थापकहरू, स्वयंसेवकहरू, सन्चारकर्मीहरू, यो अभियानलाई साथ दिने सबैमा हार्दिक धन्यबाद व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्