Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

सवारी चालक अनुमति पत्रको लागि आवेदन खुल्दै


काठमाडौं

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने निर्णय गरेको छ । विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय अझैं अन्योल छ । कोभिडका नियन्त्रणका लागि गरिएको बन्दबन्दीदेखि नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काम बन्द भएको थियो ।

अहिले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभएको छ । अबको २ साता भित्र ट्रायल खुल्ने उहाँले बताउनुभएको हो । लामो समय पछि कार्यालय खोलेपछि भीडभाड बढ्ने भएकाले त्यहीअनुसार सुरक्षाका मापदण्ड अपनाएर अघि बढ्ने तयारीमा लागेको उहाँको भनाई छ ।

सवारी चालक अनुमति पत्रका लागि उपत्यकामा भक्तपुरको जगाती, काठमाडौँको सुकेधारा र ठुलो भर्याङ, ललितपुरको एकान्तकुना गरी चार वटा कार्यालय सञ्चालन हुने गर्छन् । विभागले देशभर ट्रायलका लागि अनलाइन फारम अनिवार्य गरेको भएपनि त्यसको शुल्क तिर्न भने यातायात कार्यालयको काउन्टरमै पुग्नुपर्ने जनाएको छ ।


क्याटेगोरी : अन्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्