मगर तिचुरोङ्के भाषाको वर्ण पहिचान गोष्ठी सम्पन्न

काठमाडौं । नेपालका आदिबासि मगरहरुले बोल्ने मगर मातृभाषा मगर ढुट, मगर खाम र मगर काईके गरि ३ वटा भाषाहरु रहेकोमा पछिल्लो पटक अठार मगराँत क्षेत्र अन्तर्गत डोल्पा जिल्ला काइके गाउँपालिकाका मगरहरुले बोलिने दुइ वटा मातृभाषाहरु मध्य मगर (तिचुरोङ्के )भाषाको वर्ण पहिचान सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
उक्त प्रारम्भिक गोष्ठिबाट मगर (तिचुरोङ्के, भाषा) मा ३० वटा ब्यन्जन वर्ण र ५ वटा आधारभुत स्वरवर्ण र अन्य ५ महाप्राण र ५ दीर्घ स्वर गरि १५ वटा स्वर वर्ण पहिचान भएको छ । यो भाषा तिब्बतीरभोटे भाषा भन्दा फरक रहेको, भाषिक हिसाबले अन्य भाषाको प्रभाव पनि न्यून देखिएको र आफ्नै मौलिकतिचुरोङ्के (भाषा) शब्द भण्डारले धनी रहेको देखिएको भन्ने निश्कर्ष भाषा शास्त्रीहरुले निकालेका छन् ।
नेपाल मगर लेखक संघ केन्द्रिय समितीको आयोजनामा, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनको प्रमुख आतिथ्यतामा भाषाशास्त्रीहरु अ्मृत योन्जन तामाङ, डा. तारामणी राई, पुर्ण रानामगर, कर्णबहादुर बुढामगर, सल्लाहकार तथा संरक्षक लङ्कमान रोका मगर, सन्जोग लाफा मगर, बिनिता आले मगर लगायतका अतिथिहरुको आतित्थ्यतामा मगर तिचुरोङ्के (भाषा) को बर्ण पहिचान गोष्ठि सम्पन्न गरिएको हो ।
नेपाल मगर लेखक संघका बरिष्ठ उपाध्यक्ष जीवन प्रवेश रोका मगरको स्वागत मन्तव्य र संघका उपाध्यक्ष जग बहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न गोष्ठिमा नेपाल मगर संघ केन्द्रिय समितीका महासचिब ज्ञानेन्द्र पुन मगरले मगरहरुले बोल्ने तिछुरोङ्के(भाषा) लाई भाषाविदहरुको सुझावको आधारमा मगर संघमा सुचिकृत गराउने प्रतिबद्दता पनि व्यक्त गर्नु भएको छ । यसै गरी मगर भित्र रहेको विविधतालाई स्वीकार गर्दै एकताका साथ अघि बढ्न मगर संघ सधै मगरहरुको हक र अधिकार प्रत्याभुतिको लागी, लागि परेको पनि बताउनु भयो ।
गोष्ठिमा नेपाल मगर संघ संस्थापक सल्लाहकार लंकमान रोका मगरले मगर (तिचुरोङ्के,भाषा) बिकास तथा संरक्षणको लागी आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । नेपाल मगर लेखक संघ केन्द्रिय समितीका अध्यक्ष डा. बिष्णु कुमार सिन्जाली मगरले मगर भित्र रहेका विविध भाषा र संस्कृतीहरुको अध्ययन र अनुसन्धान गरी संरक्षण र सम्बद्दर्नको लागी नेपाल मगर लेखक संघ सधै लागी पर्ने बताउनु भयो ।
क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्