Techie IT
  • १६ असार २०८२, सोमबार
Sajha Hub

उपप्रधानमन्त्रीको निर्देशनमा गुनासा, उजुरी र सुझावको कार्यान्वयन गर्न संयन्त्र निर्माण


काठमाण्डौं ।  कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले सर्वसाधारण नागरिकका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी संयन्त्र निर्माण गरेको छ ।

उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको निर्देशनमा नागरिकका समस्या समाधान गर्ने गरी संयन्त्र निर्माण गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

समस्या भएमा सीसीएमसीको टोल फ्री नम्बर ११४० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

उक्त टोल फ्री नम्बरबाट २४ सै घण्टा रेस्पोन्स हुने सल्लाहकार पाण्डेले जानकारी दिए । शव व्यबस्थापनका लागि १०५, एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेभसाइट https://ccmc.gov.np/ मा रहेको फारम भर्न पनि आग्रह गरिएको छ ।


क्याटेगोरी : अन्य, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्