Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

उद्योगी रुप ज्योतीविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रको निवेदन


काठमाडौं- उद्योगी रुप ज्योतीविरुद्ध दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन्। मल्लको उजुरी पछि एक हप्ता अगाडि रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। एक करोड २६ लाख ठगी गरेको भन्दै मल्ले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइ सकेको छ। ज्योतीविरुद्ध पहिले तीन दिन र पछि पाँच दिनको म्याद अदालतबाट थप भएको थियो। पछिल्लो म्याद आज सकिँदैछ।


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्