Techie IT
  • २५ असार २०८२, बुधबार
Sajha Hub

नेपाली भूमि फिर्ता लिन्छौं:प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् ।

आइतवार राजधानीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी विवादबारे सरकार भारतसँग सम्बाद गर्ने तयारीमा रहेको बताउँदै सरकारले आफ्नो नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । ‘हामीलाई अरूको पनि जमिन चाहिएन, हामीले पनि एक इञ्च दिँदैनौं ‘उनले भने, ‘हाम्रो भूमिबाट विदेशी सेना फिर्ता लैजाऊन्, हामी हाम्रो नेपाली भूमि फिर्ता लिन्छौं’ उनले भने ।

सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै उनले नक्सा सच्याउनु भन्दा आफ्नो भूमि फिर्ता लिनु मुख्य विषय भएको बताए ।


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्