Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
Sajha Hub

भोलि मन्त्रीहरूको हेरफेर हुन्छ,कतै कार्यक्रम नराख्नुहोला : प्रधानमन्त्री ओली


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरूको हेरफेर हुने जानकारी गराएका छन्। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराका हुन्।

तर प्रधानमन्त्री ओलीले को(को नयाँ मन्त्री थपिने र को(को हट्दैछन भन्नेबारेमा भने भोलि नै थाहा हुने र कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यता, प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठक समेत बुधबार बिहान मन्त्रिपरिषद पुनर्गठनै विषयमा छलफल गर्न बोलाएका छन्। ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #मन्त्री हेरफेर

तपाईको कमेन्ट लेख्नुहोस्