Techie IT
  • २९ असोज २०८२, बुधबार

मन्त्रिमण्डल पुनर्गठन सर्‍यो,भोली गर्ने तयारी


काठमाडौँ– बुधबारै नयाँ मन्त्रिमण्डल हेरफेर र सपथ नै गराउने तयारी भएपनि मन्त्रिमण्डल पुनर्गठन बिहीबार मात्रै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम बिहीबारका लागि सरेको हो।

बालुबाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर गरेर आजै सपथ हुने बताइएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली व्यस्त भएका कारण बुधबार मन्त्रीहरुको हेरफेर हुन नसकेको हो।

यद्यपि मन्त्री बन्ने सबैको टुंगो लागि नसकेको हुँदा मन्त्रिमण्डल पुनर्गठनको काम बुधबार नभएको स्रोतको दाबी छ। नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टासम्म बैठक बस्यो ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसका लागि मन्त्रिमण्डलमा जाने र बाहिरिने मन्त्रीहरुका बारेमा सहमति जुटाउने योजना थियो ।

साढे १२ बजेका लागि बोलाइएको बैठक पौने १ बजे सुरु भएर तीन घण्टा चलेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्