Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

‘शान्ति प्रकृयामा फड्को मारेकै हो’:अध्यक्ष प्रचण्ड


काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रकृयामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा धेरै काम गरेर फड्को मारेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सवै पदाधिकारी नयाँ नियुक्त गर्ने तयारी गरेको समेत जानकारी दिए ।

बृहत शान्ति सम्झौता भएको १३ बर्ष पुगेको अवसरमा बिहीबार काठमाडौं भएको कार्यक्रममा प्रचण्डले सरोकारवालाहरुको सुझावलाई मध्यनजर गर्दै संक्रमणकालीन मुद्दालाई टुङ्ग्याउने हुटहुटी आफुलाई लागेको भन्दै सत्यतथ्य निरुपण गर्न आयोगमा सबै पदाधिकारी नयाँ नियुक्त गर्न लागेको पनि जानकारी दिए ।

‘सत्य निरुपण आयोगमा सवै पदाधिकारी नयाँ आउँछन् । यसमा म विश्वास दिलाउन चाहान्छु’ प्रचण्डको भनाई छ । त्यस्तै उनले वेपत्ता आयोगले धेरै काम सकाएकाले के गर्ने भन्ने छलफल भइरहेको बताए । उनले सर्वोच्च अदालतको आदेशलाई मानेर नै विधेयक संशोधनको तयारी भएको भन्दै त्यसैअनूरुप ड्राफ्ट समेत बनिरहेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्