पूर्वी नवलपरासी बौदिकालीमा नेकपा विजयी

नवलपुर – पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका वडा नं ५ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिम बहादुर थापा खरू मगर विजयी भएका छन्।
खरू मगरले नेपाली कांग्रेसका तुल बहादुर रानालाई १३६ मतअन्तरले पराजित गरेका हुन। खरू मगरले ३६७ र रानाले २ ३१ मत पाए। तीन जना प्रतिस्पर्धी रहेको चुनावमा समाजवादी पार्टीका प्रितम बहादुर रानाले ७ मत मात्रै प्राप्त गरे। यसअघि पनि सो वडाबाट नेकपाले जितेको थियो। कुल ८५३ मतदाता रहेको वडामा ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्