Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

विप्लव समूहका मेची इञ्चार्ज उमा भुजेलसहित चार जना पक्राउ


विराटनगर – मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्