नेकपा सचिवालय बैठक : प्रदेश नम्बर ३ को नाम बागमती, राजधानी हेटौडा

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको सचिवालय बैठकले सो निर्णय लिएको बताए ।
नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ । प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ । यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्